सोमबार, चैत ३०, २०८२

आईपीएलमा राजस्थान रोयल्सको आठौं जित

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी १७ औँ सिजनको तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अर्को जित दर्ता गरेको छ।

National life

टोलीले लखनउ सुपरजाइन्ट्सलाई घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो। राजस्थानका लागि कप्तान सञ्जु सैमसन र ध्रुव जुरेलले अर्धशतक बनाए।

दुवैले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै लखनउको हातबाट खेल बाहिर निकाले। शनिबार एकना रंगशालामा भएको खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो।

लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो। केएल राहुलले ७६ र दीपक हुड्डाले ५० रन बनाए। राजस्थानका सन्दीप शर्माले २ विकेट लिए।

राजस्थानले १९ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो। सामसन ७१ रन बनाएर नटआउट रहे भने जुरेल ५२ रन बनाएर नटआउट रहे। स्यामसनले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। उनले जुरेलसँग १२१ रनको साझेदारी गरे। लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १–१ विकेट लिए।

kumari

प्रकाशित: Apr 28, 2024| 07:54 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्