मंगलबार, भदौ ९, २०८३

रोहितको शतकमा वेस्ट इन्डिज 'ए' विरुद्ध नेपाल विजयी

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ। शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो।

नेपालसामु वेस्ट इन्डिजले जितका लागि २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो।

नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले। उनले सर्वाधिक १ सय १२ रन बनाए। उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए।

दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए। उनले यस क्रममा २ चौका र १ छक्का हाने। कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए। 

गुल्सन झाले दुई चौका हानेर टोलीलाई जितसम्म डोर्‍याए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। 

शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ भने तेस्रो खेल मे १ तारिखमा हुनेछ। चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ।

प्रकाशित: Apr 27, 2024| 16:03 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्