शनिबार, पुस १२, २०८२

धनुषाका १७३ साना उद्योग-व्यवसाय बन्द

 |  शनिबार, वैशाख १५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १५, २०८१

जनकपुर- आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन्।

National life

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन्। ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन्। उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ।

कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ एक सय १३ उद्योग तथा व्यवसाय बन्द भएको हो। बन्द भएका ती उद्योगहरूको बन्द हुनु अघि उत्पादित सामग्री समेत बिक्री भएको छैन।

कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म छ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन्। एक हजार छ सय दुई उद्योग नवीकरण भएका छन्। यसैगरी, वाणिज्यतर्फ सात सय ३४ वटा व्यावसायिक फर्म नवीकरण तथा आठ सय ३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन्।

उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले रू २४ लाख ११ हजार पाँच सय ३० राजस्व सङ्कलन गरेको छ। वाणिज्यतर्फ दर्ता र नवीकरणबापत रू ५० लाख तीन हजार सात सय ७० गरी कूल ७४ लाख १५ हजार तीन सय राजस्व सङ्कलन गरेको छ।

Laxmi sunrise bank
kumari

कोरोना महामारीको विश्वव्यापी असर, बैङ्कको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरू बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ।

व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरू खाली गरी व्यापारी पलायन हुन थालेका छन्।

गत आव २०७९/८० मा दर्ता भएका उद्योगहरूमध्ये साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ९१ तथा घरेलु उद्योग एक गरी एक हजार एक सय २८ उद्योग दर्ता भई सञ्चालनमा थिए। उद्योगहरूको स्थिर तथा चालु पूँजी रू तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार नौ सय ९९ रहेको जनाइएको छ।

बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरू सञ्चालन गर्न सकेको छैन। –रासस

प्रकाशित: Apr 27, 2024| 18:01 शनिबार, वैशाख १५, २०८१
प्रतिक्रिया दिनुहोस्