मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  शुक्रबार, वैशाख १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १४, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका-१ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले गाउँपालिका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सबइन्जिनियर सञ्जयकुमार मण्डल र जानकी कन्स्ट्रक्सन मनरा महोत्तरीका सञ्चालक राकेशकुमार रायविरुद्ध रु आठ लाख ६५ हजार एक सय ४५ बराबरको बिगो माग दाबी गर्दै आज मुद्दा दायर गरिएको जनाएको छ।

गुणस्तरहीन काम गरेको र त्यसलाई सदर गरी राज्यको स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

प्रकाशित: Apr 26, 2024| 20:18 शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्