सोमबार, जेठ २६, २०८२

२६ वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ

 |  शुक्रबार, वैशाख १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १४, २०८१

vianetvianet

नुवाकोट- मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ। 

यहाँको एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। 

उनको अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई विसं २०५५ माघ १९ मा ९ वर्ष ७ महिना १० दिनको कैद सुनाएको थियो। उक्त फैसला हुनुअघि देखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आज जिल्ला कारागार चलान गरिएको छ। 

प्रकाशित: Apr 26, 2024| 19:02 शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्