शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सहकारी प्रकरणमा छुटेका दीपेश सुन अनुसन्धानका लागि सीआईबीको नियन्त्रणमा

सहकारी प्रकरणमा छुटेका दीपेश सुन अनुसन्धानका लागि सीआईबीको नियन्त्रणमा

 |  शुक्रबार, वैशाख १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका दीपेश पुन शुक्रबार धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन्। 

National life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको हो। शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सीआईबीको जिम्मा लगाइएको हो।

वैशाख ७ गते रुपन्देही जिल्ला अदालतबाट ४ लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश दिए पनि धरौटी रकम जम्मा नगरेकाले उनी कारागारमै थिए। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका थिए।

सुन तस्करी प्रकरणमा समेत दीपेशको नाम जोडिएको छ। यसकै अनुसन्धानका लागि उनलाई सीआईबीको नियन्त्रणमा राखिएको हो।

दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 26, 2024| 17:48 शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्