सोमबार, वैशाख २४, २०८१

डेढ किलो सुन र डेढ करोड नगदसहित सात जना पक्राउ

 |  शुक्रबार, वैशाख १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं- डेढ किलोभन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्।

triton college

पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीय गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका ३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन्।

सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले पत्रकार सम्मेलनमा जनाएको छ।

प्रकाशित: Apr 26, 2024| 12:20 शुक्रबार, वैशाख १४, २०८१
प्रतिक्रिया दिनुहोस्