आइतबार, साउन १०, २०८३

यातायात व्यवसायीलाई कम्पनीमा जान दुई महिना म्याद थप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- सरकारले यातायात व्यवसायीलाई कम्पनीमा जानका लागि आगामी फागुन मसान्तसम्मको समावधि दिएको छ । 

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । 

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार यातायात सेवा सञ्चालन दर्ता तथा पञ्जीकरण सम्बन्धमा बसेको सो बैठकले साविकमा यातायात समितिअन्तर्गत सञ्चालित विभिन्न यातायात सेवालाई कम्पनीमा लैजान केही कानूनी प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख छ । 

कम्पनीमा लैजान कम्पनी ऐन, २०६३ को दफा ९ मा रहेको प्रावधानमा केही संशोधन गर्न आवश्यक देखिएको र संशोधनका लागि केही समय लाग्ने भएकाले म्याद थप गरिएको विभागले जनाएको छ । 

बैठकले साविकका समितिअन्तर्गत सञ्चालनमा रहेका यातायात सेवालाई अनिवार्यरुपमा कम्पनी, उद्योग, सहकारीमा दर्ता गरी आ–आफ्नो यातायात सेवा पञ्जीकरण गर्न फागुन मसान्तसम्मको म्याद थप गरिएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।  

देशभर सञ्चालनमा रहेका चार लाख सवारी साधन मध्ये हालसम्म नौ हजार सवारी मात्रै कम्पनीमा आएका छन् । तीमध्ये छ हजार मात्रै यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।