आइतबार, साउन १०, २०८३

युगले मागेको विपीन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – राजधानीमा एक कार्यक्रमकाबीच गजलकार विपीन सलामीको ‘रानी चडी’ गजल सङ्ग्रहलाई ‘जोगमाया चापागाईं गजल पुरस्कार २०७५’ प्रदान गरिएको छ। शनिबार सर्वनाम थ्रेटरमा आयोजित कार्यक्रममा २५ हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार प्रदान गर्दै गजलकार ज्ञानुवाकर पौडेलले विपीन युगले मागेको गजलकार भएको बताएका छन्। ‘पहिलो भेटमा म विपीनप्रति आकर्षित हुन सेको थिएन। जब विपीनलाई बुझ्दै गए। विपीले आफुतर्फ आकर्षित गर्दै लगे’, उनले भने, ‘विपीनका गजलमा शक्ति छ। वीपिन यो युगले मागेको गजलकार हो।’

पौडेलले विपीनका गजल सरल हुने र जनजीवनसँग जोडिएका हुनेगरेका बताए। पुरस्कार पाउन योग्य व्यक्तिले नै पुरस्कार पाएको पौडेलले बताए।

साहित्यकार विवेक विषालुले दशकौदेखि एउटै खाले गजल पाइरहेको नेपाली साहित्यले वीपिनको आगमनसँगै नयाँ धारका गजल पाएको बताए। उनको शसक्त लेखनीले छोटो समयमा नै स्थापित हुन सफल भएको बताए। 

गजलकार विपीले सम्मानले आफुलाई थप जिम्मेवार बनाएको बताए। आफुले मनबाट नै सिर्जना गर्ने गरेको र समाजलाई छुने रचना कोर्ने गरेको उनको भनाई छ। कार्यक्रमको सञ्चालन गजलकार बावु त्रिपाठिले गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।