सोमबार, जेठ २६, २०८२

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

 |  बिहीबार, वैशाख १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

vianetvianet

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ४१ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका– ३ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–११ नैकाप बस्ने ३९ वर्षीय सत्येन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये सत्येन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु. ३८ लाख २० हजार ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीनजनाबाट रु. तीन लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले बताए।

प्रकाशित: Apr 25, 2024| 18:10 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्