शनिबार, पुस १२, २०८२

९५ लाखको लागतमा चुरेमा ६ वटा सिँचाइ योजनाको काम सुरु

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

गोदावरी- कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ। चुरे गाउँपालिका-२, ४ र ६ गरी तीन वडामा ६ वटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो।

National life

चुरेका विभिन्न खोलाको पानी नहर संरचना निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ विस्तार गर्न सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सुरु गरिएको भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदानबाट विनियोजित झन्डै एक करोडको लागतमा ६ वटा सिँचाइ योजना उपभोक्त समितिमार्फत निर्माण सुरु भएको कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले बताए।

कार्यालयले दिएको जानकारीअनुसार खैरालाखोला सिँचाइ योजनामा १५ लाख, रानी भुकुडामा २० लाख, भुकुडा खोलामा १५ लाख, कुमैनामा १५ लाख, आमपानी खोलामा १५ लाख र बुंगा खोलामा १५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

तरकारी र फलफूलखेतीको पकेट क्षेत्रका रूपमा चिनिने चुरेमा सिँचाइ अभावका कारण किसानले आकासे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहँदै आएको स्थानीय टेकबहादुर शाहले बताए। सिँचाइ योजनाले समस्यामा परेका किसालाई राहत मिल्ने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

निर्माण सुरु गरिएका सबै क्रमागत योजना रहेको डिभिजन कार्यालयले जनाएको छ। चुरे गाउँपालिका सबै वडामा बेमौसमी तरकारी, सुन्तला, कागती, अमिलो, अदुवालगायत अन्य दलहन बालीका लागि पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ।

विभिन्न वडामा निर्माण सुरु भएका सिँचाइ योजना सम्पन्नपश्चात किसानका खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको जनाइएको छ। रासस

प्रकाशित: Apr 25, 2024| 17:01 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्