आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ नेता पाैडेल भन्छन्- 'हात उठाएर मात्रै पार्टी एकजुट हुँदैन'

वरिष्ठ नेता पाैडेल भन्छन्- 'हात उठाएर मात्रै पार्टी एकजुट हुँदैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हात उठाउदै र मिलाउँदैमा पार्टी एकजुट नहुने टिप्पणी गरेका छन् । महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकजुट हुन मन मिलाउनु पर्ने र नेतृत्व सच्चिनु पर्ने बताए । 

कार्यक्रममा बेल्दै उपसभापति विजयकुमार गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई हात मिलाउन आग्रह गरेका थिए । उनकै आग्रहबमोजिम दुई नेताले हात मिलाएका थिए । नेता पौडेलले सोही प्रसंगलाई उठाउँदै हात मिलाएर मात्रै पार्टीका समस्या समाधान नहुने टिप्पणी गरेका हुन् । 

उनले कांग्रेसमा स्थापना कालदेखि नै गुट रहेको भन्दै गुटको संरक्षण गरेका थिए । नेतृत्वले सबैलाई यो मेरै कार्यकर्ता हो भन्ने आभाष दिलाउन नसकेसम्म गुटको अन्त्य नहुने बताए । उनले भने – नेतृत्वमा सबैलाई मिलाउने क्षमता नभएसम्म असन्तुष्टहरुको अर्को समुह बन्नु नौलौ होइन । 

पौडेलले कांग्रेस मिल्नु आजको अवाश्यकता भएपनि नेतृत्वकै कारण वातावरण सहज नभएको बताए । उनका अनुसार सरकार अधिनायकवाद तर्फ उन्मुख भइरहेका बेला पार्टी ले त्यसको शसक्त प्रतिवाद गर्न नसक्दा जनतामा निराशा बढेको छ। कांग्रेसले आफ्ना एजेन्डाहरु जनतालाई प्रस्त रुपमा बुझाउन आवाश्यक भएको पनि बताए । 

सरकारप्रति आक्रामक देखिएका नेता पौडेलले कम्युनिस्ट सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएपनि त्यो बाटोमा नगएको टिप्पणी गरे । अहिलेको सरकारले जनताको समस्या सम्बोधन गर्ने भन्दा शोषक वर्ग जन्माउने बाटोमा अग्रसर भएको उनले अरोप लगाए । आफ्नो सपना साकार पार्न जनताले नेपाली कांग्रेसलाई पर्खिरहेको उनको भनाइ थियो । 

पार्टीले वीपीको बाटो छाड्न नहुनेमा जोड दिदै नेता पौडेलले भने– हामी अर्को चुनावमा हारलाई जितमा परिणत गर्न चाहन्छौ्रं। त्यसका लागि हामी बैचारिक रुपमा एक हुनुपर्छ। सबै कुरामा एकता गरेर  जनताको विचमा जानु छ।  उनले आफू पार्टी एकताको अवरोधन नभएको भन्दै आत्मैदेखि मिल्ने कुराको पक्षमा आफू सधै भरि खुलेर लाग्ने गरेको दाबी गरे । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।