आइतबार, वैशाख २३, २०८१

देशभरका घटना-दुर्घटनामा १४ जनाको मृत्यु

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटना तथा अन्य घटनामा गरी १४ जनाको मृत्यु भएको छ।

triton college

प्रहरीका अनुसार बर्दिया, बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको भे १ त ४५५६ नम्बरको ट्याक्टरमा भे.११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका-७ बस्ने ३५ वर्षीय पहाडी थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा झापाबाट भैरहवातर्फ जाँदै गरेको प्र.२-०३-००१ ख ४१७४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूषको बुधबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, मिथिला नगरपालिका-१० स्थित सडकमा प्र.२-०१-००३ क ५५१३ नम्बरको क्रेनले ज.११ प ३५३३ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी रामगोपालपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय रामकिशोर मण्डलको मृत्यु भएको छ। दुर्घटनामा गम्भिर घाइते भएको उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, कन्काई नगरपालिका-३ सुरुङ्गा पुलमा रा.१ प ६३०० नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिई बुधबार बेलुकी दुर्घटना हुदाँ मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-७ बस्ने ३८ वर्षीय तेज मणि खरेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।

corrent noodles
Metro Mart

मकवानपुर, कैलाश गाउँपालिका-१० सादिखोरियामा भलटार देखि पुरानो गाँउतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ त ०४१९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरको पछाडीको टायरले किच्दा ट्याक्टरमा सवार कैलाश गाउँपालिका-१० पुरानोगाँउ बस्ने ३५ वर्षीय प्रदिप वाईवाको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यसैगरी सप्तरी, बिष्णूपुर गाउँपालिका-४ कनकट्टा टोल बस्ने ४५ वर्षीय सकलदेव रजकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ। सोही गाउँपालिका-२ सिमरा सिङयौनस्थित घरमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिहं अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो।

बारा, सिम्रौनगढ नगरपालिका-१० देबापुर टेटा बस्ने २३ वर्षीय कासी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ। आफ्नै खेतमा सिचाँईको लागि मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

उता महोत्तरी, पिपरा गाउँपालिका-१ ढेकाहा बस्ने अशोक महतोको छोरा ४ वर्षीय अनिस महतोको सोही ठाउँस्थित सार्वजनिक पूर्णी पोखरीमा खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ।

अर्घाखाँची, शितगंगा नगरपालिका-६ गैरा टोलस्थित रत्ने खोलामा डुबेर सोही नगरपालिका- ६ सन्धिखर्क बस्ने १८ वर्षीया मिरा नेपालीको बुधबार दिउँसो मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको स्वास्थ्य चौकी ठाडामा उपचारको क्रममा मृत्यु हो।

सप्तरी, राजगढ गाउँपालिका-६ फकिरा टोल बस्ने महमद सहिम मंसुरीको छोरा ८ वर्षीय उमर मंसुरको सोही ठाउँस्थित सार्वजनिक डिहवार थान पोखरीमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ।

रूपन्देही, शुद्धोधन गाउँपालिका-४ फर्साटीकर बस्ने सन्दिप थारुको छोरी २० महिनाकी आहिरा थारुको सोही ठाउँस्थित बोरिङको पानी बग्ने कुलोमा डुबेर बुधबार राति मृत्यु भएको छ।

खेल्‍ने क्रममा कुलोमा डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरी धनकुटा, सहिदभुमी गाउँपालिका-२ लगनटारस्थित अरूण नदीमा संखुवासभा धर्मदेवी नगरपालिका-४ मामलिङ बस्ने ६० वर्षीय इन्द्र बहादुर सोमयाङ्ग बुधबार मृत अवस्थामा फेला परेका छन्। गत ५ गते हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।

नुवाकोट, बिदुर नगरपालिका-५ माझगाँउ बस्ने ४० वर्षीय राम कृष्ण मिजार आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

सुनसरी, बराहक्षेत्र नगरपालिका-२ बयरवन बस्ने ५० वर्षीय प्रेम कट्वाल सोही नगरपालिका- ४ धनपुरीस्थित सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

 

प्रकाशित: Apr 25, 2024| 13:24 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्