शनिबार, पुस १२, २०८२

युवा र्‍यापर सालेहीलाई इरानमा मृत्युदण्डको फैसला

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

इरानमा एक युवा र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ। सरकार विरोधी प्रदर्शनको समर्थन गरेबापत उनलाई यो सजाय सुनाइएको हो।

National life

सन् २०२२ मा महसा अमीनीको प्रहरी हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शन सुरु भएको थियो। त्यसक्रममा यी र्‍यापर तूमज सालेहीले आफ्नो गीतमार्फत समर्थन गरेका थिए। सालेहीलाई पहिलो पटक अक्टोबर २०२२ मा गिरफ्तार गरिएको थियो। त्यतिबेला उनले प्रदर्शनकारीको समर्थनमा बोलेका थिए।

२०२३ मा उनलाई ६ वर्ष ३ महिनाको जेल सजाय सुनाइएको थियो। बीबीसीका अनुसार अहिले फेरि उनलाई भ्रष्टाचार, सरकारविरुद्ध प्रोपोगाण्डा फैलाएको तथा दंगा भड्काएको आरोपमा दोषी ठहर्‍याइएको छ।

मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्न उनीसँग अब २० दिनको समय छ।

प्रकाशित: Apr 25, 2024| 13:20 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्