शनिबार, वैशाख २२, २०८१

वेस्ट इन्डिज 'ए' सँग खेल्ने नेपाली क्रिकेट टोली घोषणा

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’सँग टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा क्यानले १६ सदस्यीय टोली घोषणा गरेको हो। 

triton college

नेपाली टोलीमा युवा बलर आकाश चन्द, आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र विवेक यादव छन्।

वेस्ट इन्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली नेपाल आइसकेको छ। ५ खेलको टी-२० सिरिज वैशाख १५ गते शनिबारदेखि शुरू हुँदैछ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो वैशाख १९ गते, चौथो वैशाख २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ।

प्रकाशित: Apr 25, 2024| 11:33 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्