आइतबार, वैशाख २३, २०८१

आईपीएलमा दिल्लीले गुजरातलाई हरायो

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं- कप्तान ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ४ रनले हराएको छ। २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो।

triton college

मुकेश कुमारलाई राशिद खानले पहिलो र दोस्रो बलमा चौका र पाँचौं बलमा छक्का हाने पनि जिताउन सकेनन्। डेविड मिलर २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए। राशिद खान ११ बलमा २१ रनमा नट आउट रहे।

साइ सुदर्शन ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रनमा आउट भए। कप्तान शुभमन गिल ६ र रिद्दिमान शाह २५ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए।

दिल्लीका राशिख सलामले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए। कुलदीप यादवले २ विकेट लिए। मुकेश कुमार, एनरिच नोर्किया र अक्षर पटेलले १–१ विकेट लिए।

अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो। दिल्लीका कप्तान ऋषभ पन्तले ४३ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८८ रन बनाए।

corrent noodles
Metro Mart

आईपीएलमा दिल्ली ९ खेलमा ४ मा जितसहित छैटौं स्थानमा छ। गुजरात ९ खेलमा ८ अंकका साथ सातौं स्थानमा छ। राजस्थान रोयल्स ८ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ।

प्रकाशित: Apr 25, 2024| 06:58 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्