सोमबार, चैत ३०, २०८२

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

 |  बिहीबार, वैशाख १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १३, २०८१

खोटाङ- खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।

National life

खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताए।

खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उनले बताए। सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए।

डढेलो नियन्त्रण गर्न स्थानीयवासीसँगै प्रहरीसमेत परिचालन गरिएको छ। सो डढेलो रावाबेँसी गाउँपालिकाको कार्यालय हरमटारभन्दा मुनिसम्म सल्केको स्थानीयवासीले बताएका छन्।

दश स्थानीय तह रहेको खोटाङका अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ।

kumari

प्रकाशित: Apr 25, 2024| 06:53 बिहीबार, वैशाख १३, २०८१
प्रतिक्रिया दिनुहोस्