शनिबार, पुस १२, २०८२

चिकित्सक अभावमा थन्किए हेटौंडा अस्पतालका उपकरण

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

हेटौँडा- हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन्। अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन्।

National life

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नहुँदा उपकरण थन्काउन बाध्य भएको उनको भनाइ छ। उनले भने, ‘मुटुरोग विशेषज्ञका लागि अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सको फाराम पर्‍यो तर उनको उमेरको योग्यता नपुगेकाले नियुक्ति दिन प्रदेशको कार्यविधिले रोक्यो।’

अस्पतालको स्तरोन्नतिसँगै विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएको उपकरण सञ्चालनमा ल्याउन नपाउँदा दुःख लागेको उनको भनाइ छ। हाल स्त्रीरोग विशेषज्ञ सेवाको कारण मधेस प्रदेशबाटसमेत सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको सदस्य चौलागाईंको भनाइ छ।

यसबाहेक अस्पतालमा हाडजोर्नी, छालारोग, आईसियु, एचडियुलगायतका सेवा उपलब्ध रहेको उनले जानकारी दिए। अब मुटुरोग र सर्जनका लागि भने अस्पताल सञ्चालक समिति प्रयासरत रहेको उनको भनाइ छ।

रोटरी क्लब अफ मकवानपुरको समन्वयमा करिब आठ महिनाअघि मुटुरोगसम्वन्धी करिब एक करोड लागतको उपकरण उपलब्ध गराइएको रोटरी क्लब अफ मकवानपुरको वर्ष २०२४/२५ का अध्यक्ष अनिल अग्रवालले बताए। उनले मुटुका रोगीलाई हेटौँडामा नै परीक्षण र उपचारमा सहज होस् भनेर उपकरण प्रदान गरिएको बताए।

Laxmi sunrise bank
kumari

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीधर अर्यालले अस्पतालमा मुटुको परीक्षणको व्यवस्था चाँडै मिलाइने बताए। उनले जनशक्ति अभावमा कतिपय उपकरण चाहेर पनि उपयोग गर्न नसकिएको उल्लेख गरे।

प्रकाशित: Apr 24, 2024| 20:01 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्