मंगलबार, भदौ ९, २०८३

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्रे गरिँदै

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

तनहुँ- तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको छ।  

जिल्लाको घिरिङ गाउँपालिका-४ मानपुरबाट सुरु गरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्र गर्न लागिएको हो। उक्त सडक खण्डमा हालसम्म तीन किमि सडक कालोपत्र गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए।

पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ। उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

'अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ', प्रमुख आचार्यले भने, 'सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ।'

विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो। विसं २०७७ मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो। ३५ करोड १४ लाख ७४ हजार एक सय नौ रूपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीन सय १६ रूपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो।

विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो। ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य ढिलाइ भएको हो।

जिल्लामा यसवर्ष पीसीसी, आरसीस र कालोपत्र गरी २६ किमि सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित: Apr 24, 2024| 20:31 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्