सोमबार, असार २, २०८२

महोत्तरीको मटिहानीमा भीषण आगो लाग्दा सय बढी घर जले

 |  बुधबार, वैशाख १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

vianetvianet

काठमाडौं- महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ। गाउँको करिब एक सय बढी घरमा आगो सल्किएको छ।

करिब एक घण्टा अगाडि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।

आगलागीमा सयौं घर जलिसकेको र हावा तीव्र गतिमा चलिरहेको छ। घाम पनि उत्तिकै छ। त्यसैले पनि आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेको  छ।

प्रकाशित: Apr 24, 2024| 16:20 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्