शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रंगशाला निर्माण सम्झौता भंग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

रंगशाला निर्माण सम्झौता भंग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

जनकपुरधाम- धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भङ्ग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णयप्रति जनकपुरधाम उपमहानगरपालिकाले विरोध जनाएको छ। 

National life

उपमहानगरपालिकाले आज एक विज्ञप्ति जारी गरी राखेपले जनकपुरधाम–१४ मा रगङ्शाला निर्माण गर्ने भनी गुठी संस्थानसँग गरिएको जग्गा बहाल सम्झौता एकपक्षीय ढङ्गले भङ्ग गर्ने निर्णय गरेको भन्दै विरोध जनाएको हो। रङ्गशाला निर्माणमा प्रतिबद्ध रहेकै बेला उपमहानगरपालिका र नगरप्रमुखलाई जोडेर जानाजान रङ्गशालाको जग्गा भाडा सम्झौता भङ्ग गरिएको भ्रामक प्रचारप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। 

‘रङ्गशाला निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाको लाखौँ रकम लगानी भई प्रचारका लागि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिसकेका छौँ। राखेपले उपमहानगरपालिकालाई कुनै जानकारी नदिइ एकपक्षीय तरिकाले भाडा सम्झौता भङ्ग गर्नु अत्यन्त गलत छ’, विज्ञप्तिमा भनिएको छ। 

रङ्गशाला निर्माणमा जनकपुरधाम उपमहानगरपालिकाको विशेष चासो रहेकाले राखेपले गुठी संस्थानसँगको सम्झौता भङ्ग गरिए पनि सोही जग्गामा रङ्गशाला निर्माण गरिछाड्ने र त्यसका लागि तीनै तहका सरकारसँग समन्वय गरी दीगो व्यवस्थापनमा जोड दिइने पनि उपमहानगरपालिकाको प्रतिबद्धता छ।

त्यसैगरी खेलकुद परिषद्ले आर्थिक अभावलगायत कारण देखाएर सम्झौता भङ्ग गर्ने प्रक्रिया अगाडि बढाएकामा यस कार्यमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख तथा अन्य कुनै पदाधिकरीको संलग्नता नरहेको उपमहानगरपालिकाले जनाएको छ। 

Laxmi sunrise bank
kumari

‘राखेपको निर्णयमा उपमहानगरका प्रमुख र अन्य कुनै पनि पदाधिकारीको संलग्नता छैन। त्यसैले उपमहानगरलाई दोषारोपण गरी चरित्र हत्या गर्न सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

राखेपले विभिन्न कारण जनाई केही दिनअघि मात्रै जग्गा बहाल सम्झौता भङ्ग गर्न चाहेको भन्दै गुठी संस्थान केन्द्रीय कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको जनाइएको छ।

प्रकाशित: Apr 24, 2024| 14:58 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्