शुक्रबार, असार ५, २०८३

दिवा भोजपछि स्वदेश फर्किए कतारी अमिर

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्।

National life

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।  कतारका अमिरको बिदाइका अवसरमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो।

हिजो साँझ काठमाडौं आइपुगेका अमिर थानीलाई विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए। लगत्तै उनले शीतल निवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरे र साँझ होटल सोल्टीमा आयोजित रात्रि भोजमा सहभागी भए।

आज बिहान अमिर थानीले प्रधानमन्त्री प्रचण्डसँग वान टु वान वार्ता गरेर त्यसपछि दुवैको उपस्थितिमा आठ वटा क्षेत्रमा सहकार्यको समझदारी भयो।

होटल द्वारिकाजमा आयोजित दिवा भोजमा सहभागी भएर अमिर थानी स्वदेश फर्किएका हुन्।

Shivam cement

प्रकाशित: Apr 24, 2024| 13:35 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्