बिहीबार, वैशाख २७, २०८१

फरक-फरक घटनामा ११ जनाको मृत्यु

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

काठमाडौं- देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने तीन जना मृत फेला परेका छन्। यसैगरी एकजनाको डुबेर र एकजनाको करेन्ट लागेर ज्यान गएको छ।

triton college

प्रहरीका अनुसार सुर्खेत, भेरीगंगा नगरपलिका-५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका-१० बस्ने २८ वर्षीय अजित केसीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई माया पोलिक्लिनिक छिन्चु सुर्खेत हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको छ।

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा बा.१ प १३३८ नम्बरको बस र ग.२४ प ३२९५ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-१४ बस्ने १९ वर्षीय खुसी प्रधानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङ, लमही नगरपालिका-७ स्थित सडकमा रोकी राखेको लु.१ ख ९५७० नम्बरको ट्रकमा प्रदेश नम्बर ०३-२००९ प ९८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४३ वर्षीय महेन्द्र गिरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, शिवसताक्षी नगरपालिका-८ स्थित सडकमा मे.३ प ५००१ नम्बरको मोटरसाइकल र प्र १-०१-००१ च ९३२९ नम्बरको बोलेरो गाडी एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

corrent noodles
Metro Mart

वीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने २६ वर्षीय बिशाल खत्रीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ।बराहताल गाउँपालिका-८ दम्मारेस्थित विद्युतको तार मर्मत गर्ने क्रममा करेन्टलागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो।

नवलपरासी पूर्व,कावासोती नगरपालिका-१४ त्रिभुवनटार डेरा गरी बस्ने तनहुँ घिरिङ गाउँपालिका-२ माहोरकोट घर भएका विष्णुवीर रानाको छोरा १५ वर्षीय रविन रानाको सोही नगरपालिका-१५ स्थित बाँड खोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ। साथीहरूसँग पौडी खेल्न गएका उनी डुबेको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव फेला पारेको हो।

पर्सा, वीरगंज महानगरपालिका-१४ स्थित जन स्वास्थ्य कार्यालय नजिक नालीको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

कपिलवस्तु, शिवराज नगरपालिका-९ रमुवादहस्थित भगरम खोलामा सोही ठाउँ बस्ने ५० वर्षीय सहिलाल बुढामगर मंगलबार मृत अवस्थामा फेला परेका छन्। सोमबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।

रूपन्देही, देवदह नगरपालिका-९ घोडाहा फुलबारी टोल बस्ने ४४ वर्षीया दानुका रोकाया आफ्नै घरमा मंगलबार मृत अवस्थमा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 24, 2024| 12:39 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्