सोमबार, चैत ३०, २०८२

काभ्रेमा गाडी दुर्घटना, १० घाइते

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

काभ्रेपलाञ्चोक कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

National life

भुम्लु गाउँपालिका वडा नम्बर ५ मुलाबारीमा ना १ ज ६२९१ नम्बरको सुमो गाडी दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बुधबार बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन्।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। सुमो अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको जनाइएको छ।

उक्त गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए। जसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

kumari

प्रकाशित: Apr 24, 2024| 11:43 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्