शुक्रबार, असार ५, २०८३

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ।

National life

काठमाडौंको होटल सोल्टीमा प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर अल थानीबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

उनीहरूबीच वा टु वान भेटवार्ता भएको हो। यसपछि दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। त्यसक्रममा विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर हुने तयारी छ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो कतारी अमिरको सम्मानमा होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्। दुई दिने राजकीय भ्रमणका लागि हिजो नेपाल आएका उनी आज फर्कनेछन्।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरेका उनलाई बिदाइ गर्न पनि राष्ट्रपति पौडेल विमानस्थल जानेछन्।

Shivam cement

प्रकाशित: Apr 24, 2024| 11:12 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्