शनिबार, पुस १२, २०८२

रोजगारीका लागि कतार जान लागेका युवक मृत फेला

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

जनकपुरको पिडारी चोकमा रहेको नमुना होटल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका-३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन्।

National life

प्रहरीका अनुसार उनी होटलको २०४ नम्बर कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन्। उनी झुण्डिएको कोठाको ढोका खुलै थियो। घटना शंकास्पद रहेको भन्दै परिवारका सदस्यले छानबिनको माग गरेका छन्।

यादवले मंगलबार बेलुका करिब ७ बजे होटल बुक गरेका थिए। यादव कतारबाट एक महिना अगाडि बिदामा आएका थिए। पुनः कतार जानका लागि उनले मे ५ तारिखको टिकटसमेत लिइसकेका थिए।

 

प्रकाशित: Apr 24, 2024| 10:38 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्