सोमबार, वैशाख २४, २०८१

बिनाहेल्मेट मोटरसाइकलमा सवार तीन जनाको दुर्घटनामा मृत्यु

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

काठमाडौं- पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

triton college

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो। विपरीत दिशाबाट आएको प्रदेश १- ००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनाको उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मोटरसाइकल चालकले बिनाहेल्मेट मोटरसाइकल चलाएका थिए। मृतक तिनै जनाको पहिचान खुल्ने कागजात फेला नपरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 24, 2024| 07:14 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्