आइतबार, जेठ २५, २०८२

आईपीएलको ३९औं खेलमा लखनउले चेन्नईलाई हरायो

 |  बुधबार, वैशाख १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

vianetvianet

मार्कस स्टोइनिसको सानदार शतकमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३९ औं खेलमा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ।

२११ रनको लक्ष्य पछ्याएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। लखनउको जितमा मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित शतकीय इनिङ खेले।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो। चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्कासहित १०८ रनको शतकीय इनिङ खेले पनि जिताउन सकेनन्।

लखनउ ८ खेलमा ५ जितसहत १० अंकका साथ चौथो स्थानमा छ। चेन्नई ८ खेलमा समान चारमा हार र जितका साथ पाँचौं स्थानमा छ। राजस्थान ८ खेलमा ७ मा जितका साथ शीर्षस्थानमा छ।
 

प्रकाशित: Apr 24, 2024| 06:08 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्