शनिबार, पुस १२, २०८२

बच्चा रोएको आवाजले ढोका खोल्दा महिला र पुरुष मृत फेला

 |  बुधबार, वैशाख १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १२, २०८१

जनकपुर- जनकपुरको एक होटलमा दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

National life

जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। महोतरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान तथा पिपरा नै माइती भएकी महोत्तरी लोहरपटी नगरपालिका-४ की २५ वर्षीया प्रियङ्का कापर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

होटलको कोठा नं २०५ मा दुवैजनाले सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए। महिलाको अढाई वर्षीया छोरी कोठाभित्र रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा दुवैजना झुन्डिएको अवस्थामा भेटिएको थियो।

प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई कोठाबाट बाहिर निकालेको थियो। दुवैजनाको शव परीक्षणका लागि अस्पताल पठाएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 

मृतक दुवैजना सो होटलमा चार दिनदेखि बस्दै आएका थिए। पुरुष पासवानको चार सन्तान र महिला कापरको एक छोरी रहेको जनाइएको छ। ती दुईबीचमा अनैतिक सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 24, 2024| 05:48 बुधबार, वैशाख १२, २०८१
प्रतिक्रिया दिनुहोस्