काठमाडौं- नेकपा स्थायी समितिको बैठकमा पार्टी र सरकारको शैली विरुद्ध प्रस्ताव पेश भएको छ।
बैठकमा सचिवालय सदस्य वामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गर्दै सरकार र पार्टीको काम प्रति तीब्र आक्रोश पोखेका छन् । उनले विगतदेखि आफुले उठाउदैः आएका मुद्धालाई समेटेको गौतम निकट स्रोतले बतायो।
उनले सरकारको कार्यशैली ठिक नभएको पार्टी नेतृत्व असक्षम भएको प्रतिवेदनमा उल्लेख गरेका छन् । उनको प्रतिवेदन १६ पेज लामो भएको र सो पनि स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अध्यक्षद्धयको २२ पृष्ठ लामो प्रतिवेदन पेश
यस्तै पाच महिना पछि शनिबार बसेको नेकपा स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
२२ पृष्ठ लामो उक्त प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक दलहरुको भूमिका, केन्द्रीय सचिवालयहरुको निर्णयहरुको अनुमोदन, पार्टीका आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा र आगामी कार्यभार शीर्षकमा चर्चा गरिएको छ ।
राजनीतिक प्रतिवेदन अध्ययन गरी छलफल गर्नका लागि केहीबेर बसेर बैठक पुस २ गते सम्मका लागि स्थगित गरिएको पार्टी कार्यालयका सचिब कृष्णगोपाल श्रेष्ठले नेपाल समयलाई जानकारी दिए । प्रतिवेदनमा सकारका कमजोरी र पार्टी एकताका विषय समेटिएको एक नेताले जानकारी दिए ।
सरकारको शैली सुधार्नु विषयलाई प्रतिवेदनले आत्मसात गरेको छ । ती सदस्यले भने । उनका अनुसार स्थायी समिति सदस्यहरुले सरकारको समिक्षा गर्ने मात्रै होइन पुरै काम गर्ने तरिका नै बदल्ने गरि बैठकमा आवाज उठाउने तयारी गरेको जानकारी दिए ।
यस्तै एकता भएको लामो समय बितिसक्दा पनि तल्लो तहसम्म एकता हुन नसकेको पोलिट ब्युरो गठन भएको र नेताहरुलाई कार्यविभाजन नगरिएको विषयमा पनि सदस्यहरुले आवाज उठाउने तयारी गरेको छन् ।
बैठकको अध्यक्षता गर्दै अध्यक्षद्वयले पार्टीका सामुन्ने ऐतिहासिक अवसरहरु प्राप्त भएको, नेपाली जनताले पार्टीलाई अभुतपूर्व विश्वास गरेको, वर्तमान अवस्थामा पार्टीलाई भावनात्मक रुपले अझै बढी एकताबद्ध बनाउ“दै ऐतिहासिक अभिभाराहरु पूरा गर्न सामूहिक ढंगले पहल गर्नुपर्ने कुरामा जोड दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४