शुक्रबार, मंसिर ५, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • कतारी अमिर काठमाडौं आइपुग्नासाथ भेटघाटमा व्यस्त [तस्बिरहरु]

कतारी अमिर काठमाडौं आइपुग्नासाथ भेटघाटमा व्यस्त [तस्बिरहरु]

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज साँझ काठमाडौं आइपुगेका छन्। 

National life

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गरे। लगत्तै उनी राष्ट्रपति पौडेललसँगको भेटघाटका लागि शीतल निवास पुगेका थिए। शीतल निवासमा पनि राष्ट्रपति पौडेलले नै स्वागत गरेका थिए।

शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न थिए। बैठकमा द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल भएको थियो।

अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गरेका छन्। कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। 

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Apr 23, 2024| 19:25 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्