शनिबार, पुस १२, २०८२

सुदूरपश्चिममा मल अभाव नहुने

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

कैलाली- कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ। अहिले मलको आपूर्ति सहज रूपमा भइरहेकाले मल अभाव नहुने केन्द्रको भनाइ छ।

National life

सुदूरपश्चिम प्रदेशभर मागको ७० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडसँग हाल एक हजार दुई सय ६६ मेट्रिकटन युरिया र ३४४ मेट्रिकटन डीएपी मल मौज्दात रहेको कार्यालय प्रमुख नवलसिंह बोगटीले बताए।

कृषि सामग्री कम्पनीमा केही मल मौज्दात रहेको र बाँकी मल केही दिनमै आइपुग्ने भएकाले यस वर्ष मल अभाव हुने अवस्था नरहेको उनको भनाइ छ। अन्य वर्षको तुलनामा गत वर्षबाट किसानले सहजरूपमा मल पाइरहेको उनले बताए।
सुदूरपश्चिममा विगतका वर्षमा विभिन्न कारणले मल आपूर्ति हुन नसक्दा अभाव हुने गरेको थियो। तर गत वर्षबाट मल आपूर्तिमा सहज भएकोले यो वर्ष रासायनिक मल अभाव नहुले प्रादेशिक कार्यालय धनगढीले जनाएको छ।

कृषि सामग्री कम्पनीले सहकारीमार्फत रासायनिक मल बिक्री वितरण गर्दै आएको छ। सहकारीमार्फत रासायनिक मल वितरण गरिन थालेपछि यहाँका किसानले सहजरुपमा मल पाइरहेको कार्यालय प्रमुख बोगटीले बताए। सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यकता पर्ने गरेको जनाइएको छ। 

प्रदेशभर कुल मागको ३० प्रतिशत मल आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीसँग मल मौज्दात नरहे पनि भैरहवाबाट मल आउन थालिसकेकाले जनाइएको छ।

Laxmi sunrise bank
kumari

सुदूरपश्चिममा एक लाख ७९ हजार नौ सय १७ हेक्टरमा धान खेती र एक लाख ४९ हजार हेक्टरमा गहुँखेती गरिँदै आएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकले देखाएको छ। रासस

प्रकाशित: Apr 23, 2024| 20:31 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्