शनिबार, वैशाख २२, २०८१

बागलुङमा आगलागी भयावह : ३८ वनमा आगो लाग्दा १५ वटाको अझै निभेन

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

ढोरपाटन- बागलुङको बरेङ गाउँपालिका-२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो। सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो। त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन।

triton college

त्यसयता गलकोट नगरपालिकाका एकदर्जन वनमा आगो सल्कियो। एक सातापछि उक्त आगो नियन्त्रणमा आयो। त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ। दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जंगल रित्तिएका छन्। आगलागीले वन्यजन्तु तितरवितर बनेका छन्।

आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन। करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ। फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले जानकारी दिइन्।

उनका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ। आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उनको भनाइ छ।

अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको केसीले जानकारी दिइन्। हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जंगलमा आगलागी भएको उनी बताउँछन्।

corrent noodles
Metro Mart

सूचना अधिकारी केसीले भनिन्, 'नागरिकको लापरबाहीका कारण धेरै वनमा आगलागी भएको हो, आगलागी हुनबाट रोक्नका लागि हामीहरुले जनचेतनामूलक कार्यक्रम गर्ने र नागरिकलाई सचेत बनाउनका लागि विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिरहेका छौँ, वनमा आगो लगाउने केही व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया पनि अगाडि बढाएका छौँ, आगोले ठूलो क्षेत्रफलमा फैलिएको वनमा क्षति पुर्‍याएको छ।'

चार दिनदेखि निसीखोला गाउँपालिका-२ मा लागेको आगो अहिले नियन्त्रणमा लिन सकिएको छैन। उपल्लोबेङ्ग्रीदेखि सुरु भएको आगो वडा नं ४ को माझापाख हुँदै बडाचौरको बराह सामुदायिक वनमा फैलिएको छ। हावाहुरीका कारण आगो अझै नियन्त्रणमा ल्याउन नसकेको निसीखोला गाउँपालिका-४ का अध्यक्ष टीकानिधि पौडेलले बताए।

आगो नियन्त्रणका लागि गाउँले नै लागे पनि असफल भएको उनको भनाइ छ। वडा न २ को शान्ति सामुदायिक वनबाट सुरु भएको आगो धेरै ठूलो क्षेत्रफल फैलिएको अध्यक्ष पौडेल बताउँछन्।

'खडेरी परेको धेरै लामो समय भयो, अहिलेसम्म पानी पर्न सकेको छैन, आगलागी धेरै ठाउँमा भएको छ, एउटा वनबाट सुरु भएको आगो अहिलेसम्म एक दर्जन बढी वन सखाप परेको छ, गाउँले नै उठेर अहिलेसम्म घर गोठ जोगाएका छौँ, तर वनलाई जोगाउन सकेका छैनौँ', अध्यक्ष पौडेलले भने, 'आगो कसले लगाएको हो भन्ने पत्ता लागेको छैन, वर्षा पनि भएको छैन, माटो पनि बल्छ, सयौँको सङख्यामा मान्छे छन्, दिउँसोमा हावाहुरीले गर्दा निभाउन सकिँदैन, राति १ बजेसम्म जनता उठेर नियन्त्रण लिने कोसिस गरे पनि अझै सकिएको छैन।'

आगो नियन्त्रणका लागि गाउँगाउँबाट ठूलो सङ्ख्यामा स्थानीय वनमा पुगे पनि हावाहुरीले गर्दा नियन्त्रण गर्न नसकेको स्थानीय रामबहादुर घर्तीले बताए। शुक्रबार साँझदेखि नै आफूहरु सुरक्षित भएर स्याउलाका भरमा आगो निभाउने प्रयास गरेको उनको भनाइ छ। सडकभन्दा निकै टाढाको वनमा आगलागी हुँदा दमकलको प्रयोगसमेत गर्न नसकिएको घर्ती बताउँछन्। आफूहरु रातभर जागराम बसेर आगो नियन्त्रणमा लागेको उनले बताए। रासस

प्रकाशित: Apr 23, 2024| 20:01 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्