काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा भैरहवा ग्लाडीयटर्सलाई पराजित गर्दै काठमाडौं किङ्स इलाभेन प्ले अफमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा भैरहवा ७ विकेटले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेका हो ।
भैरहवाले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएको हो । काठमाडौंको जितका लागि अमित श्रेष्ठले अर्धशतकीय पारी खेले ।
उनले ५१ रनको अर्धशतकिय पारी खेलको हुा् । त्यस्तै केभिन ओ’ब्राएन ३३ रनमा अविजित रहे । कप्तान रोहन मुस्तफाले ३६ रन जोड्दा सागर पुनले १३ रन जोडे । भैरहवाका शरद भेषावकर र भुवन कार्कीले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । भैरहवाका लागि भारतीय ब्याट्सम्यान रबी इन्दर सिंहले ८६ रनको अर्धशतकीय पारी खेलेका थिए ।
कप्तान शरद भेषावकरले ३९ रन जोड्दा रायन टेन डोसकाटेले १२ रन जोडे । काठमाडौंका जितेन्द्र सिंह मुखियाले २ तथा प्रदीप साहु र केभिन ओ’ब्रायनले एक-एक विकेट लिए ।
यस जितसँगै एक खेल खेल्न बाँकी रहको काठमाडौं प्ले अफमा पुगेको छ । काठमाडौंले लिगमा ६ अंक जोड्दै प्ले अफमा प्रवेश गरेको हो । यससँगै काठमाडौं प्ले अफमा पुग्ने तेस्रो टोली बनेको छ ।
पराजित भैरहवाको यो पहिलो हार हो । भैरहवा यसअघि नै प्ले अफमा पुगिसकेको छ । भैरहवाले पनि ४ खेलबाट ६ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४