शुक्रबार, असार ५, २०८३

लागूऔषध ब्राउन सुगरसहित झापामा एक जना पक्राउ

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१
National life
Shivam cement

झापा- प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ। भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए। 

धादिङ जिल्ला खन्याबास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोमबार साँझ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोली र सशस्त्र प्रहरीको संयु्क्त टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागुऔषधसहित युवा पक्राउ पर्दै आएका छन्। 

प्रकाशित: Apr 23, 2024| 13:56 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्