काठमाडौं- आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ। हिजो प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो।
सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको छ।
अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।