मंगलबार, भदौ ९, २०८३

दुई हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

मलेसियामा अभ्यासका क्रममा दुइटा सैनिक हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु भएको छ। दुर्घटना नौसेना आधार रहेको मलेसियाको लुमुटमा भएको हो।

दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए। हेलिकप्टर स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको बीबीसीले जनाएको छ। हालसम्म दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन।

मलेसियन नौसेनाका यी हेलिकप्टर रोयल मलेसियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।

प्रकाशित: Apr 23, 2024| 11:00 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्