जनकपुरधाम- मोटरसाइकल दुर्घटनामा सोमबार राति पत्रकार विनय कुमार यादवको निधन भएको छ।
पूर्व पश्चिम राजमार्गमा ढल्केवरबाट धारापानीतर्फ जाने क्रममा पत्रकार यादव आफैंले चलाएको मोटरसाइकल दुर्घटनामा परेको परेको थियो। उनको मृत्यु घटनास्थलमै भएको हो।
नम्बर खुल्न नसकेको मोटरसाइकलमा पछाडि सवार एक व्यक्ति घाइते भएका छन्। उनको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।
धनुषाको धनुषाधाम घर भएका पत्रकार यादव न्यूजब्यूरो डटकमका कार्यकारी सम्पादक थिए।