शनिबार, वैशाख २२, २०८१

आईपीएलमा मुम्बईमाथि राजस्थानको जित

 |  मंगलबार, वैशाख ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ११, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य राजस्थानले ८ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पूरा गर्यो।

triton college

राजस्थलानलाई सहज जित दिलाउन युवा खेलाडी यशस्वी जैसवालले शतकीय इनिङ्स खेले । उनले ६० बलमा १ सय ४ रन बनाए । यसक्रममा उनले ९ चौका र ७ छक्का हिर्काए । 

उनलाई जोस बट्लरले ३५ रन तथा कप्तान सञ्जु स्यामसनले ३८ रन बनाउँदै साथ दिए । मुम्बईका लागि एक्लो विकेट पियुश चावलाले हात पारे । मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रनमा समेटिएको थियो।

जितसँगै राजस्थान अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। ८ खेलमा सातौँ जितसहित उसको १४ अंक छ । पाँचौँ पराजय बेहोरेको मुम्बई ६ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित: Apr 23, 2024| 06:20 मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्