शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता वैशाख १५ देखि

साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता वैशाख १५ देखि

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

काठमाडौं- नेपाल हक्की संघको आयोजनामा छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

National life

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए। 

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। समूहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन्।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्ने छन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ। त्यस्तै उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन्। प्रतियोगिता सञ्चालन गर्न सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संघ संस्थाले सहयोग गर्ने बताइएको छ। पाँचदिने प्रतियोगिताका खेलहरु काभ्रको धुलिखेल खेलकुद मैदानमा हुनेछ।

Shivam cement

हक्की संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकुल परिस्कृत गर्दै लाने उद्देश्यले प्रतियोगिताका दौरान एसियन हक्की महासघंको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि धुलिखेलमा हुने भएको छ।

प्रकाशित: Apr 22, 2024| 20:35 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्