बुधबार, चैत १८, २०८२

ब्रिगेडलाई पराजित गर्दै च्यासल लिगको पाँचौस्थानमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ  विजय भएको छ । सातदोबाटोस्थित एनफा कम्प्लेक्समा शनिबार भएको खेलमा ब्रिगेड ब्वाइजलाई २-० ले पराजित गरेको हो । यस जिलसँगै च्यासलले जारी लिगमा चौथो जित दर्ता गरेका छ । 

च्यासलको जितका लागि सन्त बहादुर गुरुङ र संजोक राईले समान एक-एक गोल गरे । दुबै टोलिले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । खेलका दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । 

च्यासलले खेलको ६५ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । च्यासललाई सुरुवाती अग्रता दिलाउन सन्त बहादुरले गोल गरेका थिए । त्यसपछि खेलको ८२ औं मिनेटमा संजोकले गोल गर्दै च्यासलको अग्रता दोब्बर पारे । 

त्यसपछि दुबै टोलीबाछ कुनै पनि थप गोल नहुदा च्यासलले खेल २-० ले जितेको हो । खेलमा च्यासलका संजोक राई म्यान अफ दि म्याच चुनिए । जितसँगै च्यासलले ८ खेलबाट १३ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । यता ब्रिगेड भने ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।