शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • शुक्लाफाँटामा चालु आवको हालसम्म एक करोड राजस्व संकलन

शुक्लाफाँटामा चालु आवको हालसम्म एक करोड राजस्व संकलन

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को हालसम्म एक करोड ९३ हजार छ सय २८ रूपैयाँ राजस्व संकलन गरेको छ।

National life

नगरपालिकाको राजस्व शाखाका प्रमुख लोकराज भट्टका अनुसार सम्पत्ति करबाट १० लाख दुई सय ८१, भूमिकर १४ लाख १४ हजार नौ सय ६३, बहाल कर १५ लाख ५९ हजार एक सय ५९, बहाल विटौरी कर दुई लाख ४८ हजार सात सय ७७ र व्यवसाय कर १२ लाख पाँच हजार नौ सय ६१ रूपैयाँ संकलन भएको छ।

यसैगरी अन्य करबापत ६२ हजार छ सय ५६, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय दुई लाख ३१ हजार सात सय ५०, रोयल्टीबापत एक लाख ३० हजार एक सय ४२, अन्य सेवा शुल्क चार हजार २०, न्यायिक दस्तुर तीन हजार, नक्सापास दस्तुर तीन लाख २१ हजार तीन सय ८० र सिफारिस १८ लाख दुई सय ८७ रूपैयाँ राजस्व संकलन भएको छ।

योसँगै व्यक्तिगत घटना दर्ता दस्तुर चार लाख एक हजार तीन सय १०, नाता प्रमाणित दस्तुर ३६ हजार पाँच सय ४८, अन्य दस्तुर आठ लाख ८७ हजार छ सय ३६, प्रशासनिक दण्ड जरिवानाबापत दुई लाख ५५ हजार, अन्य राजस्व दुई लाख ३४ हजार छ सय ३३ र बेरुजुबापत दुई लाख ९६ हजार एक सय २५ रूपैयाँ राजस्व संकलन भएको छ।

संकलित राजस्वमा नगरपालिकाका १२ वटै वडाबाट ४२ लाख ४९ हजार चार सय ९२ र नगरपालिका कार्यालयबाट ५८ लाख ४४ हजार एक सय ३६ रूपैयाँ रकम रहेको शाखा प्रमुख भट्टको भनाइ छ। करका दायरा फराकिलो बनाउँदै राजस्व सुधार कार्ययोजना तयार गरी आन्तरिक आय वृद्धि गर्न विशेष अभियान सञ्चालन गरिन लागेको शाखा प्रमुख भट्टले बताए।

Laxmi sunrise bank
kumari

'नगरभित्र रहेका दिगो र भरपर्दो कर योग्य क्षेत्रको पहिचान गरी करदाता अनुकूल कर निर्धारण गरेर करको दायरा फराकिलो बनाउन आगामी योजनामा समावेश गर्दैछौँ', नगर उपप्रमुख कल्पना पन्तले भने, 'वडास्तरबाटै सम्पूर्ण कर विद्युतीय प्रणालीमार्फत संकलन गरिने व्यवस्था गर्दैछौँ।'

कर प्रणालीलाई सरल, सहज, नागरिकमैत्री बनाइने उल्लेख गर्दै उनले प्रत्येक वडामा कर अभियान सञ्चालन गरी कर संकलनमा सहजता ल्याइने बताए। नगरपालिको आन्तरिक आय न्यून भएकाले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) वन पैदावरजन्य प्राकृतिक स्रोतको बिक्रीवितरणबाट राजस्व अभिवृिद्ध गर्न रणनीतिकरुपमा अगाडि बढ्ने योजना रहेको चर्चा गर्दै उनले नगरपालिका क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउने नीति अवलम्बन गरिने बताए।

उनका अनुसार करको दायरामा परी कर तिर्न अटेर गर्नेलाई दण्ड जरिवाना तथा नियमित कर तिर्नेलाई सम्मान तथा पुरस्कृत हुने व्यवस्था मिलाइनेछ। व्यवसाय दर्ता गरेर लामो समयबाट सञ्चालनमा नरहेका अवस्थाका व्यवसायीको लगत लिइ व्यवस्थापन गरिनेछ।

राजस्व सुधार कार्ययोजनालाई कार्यान्वयन गर्दै राजस्व संकलनलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले आन्तरिक राजस्व वृद्धिमा उल्लेख्य योगदान गर्ने कर्मचारी र करदातालाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गरिने बताए।

प्रकाशित: Apr 22, 2024| 21:31 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्