आइतबार, साउन १०, २०८३

कर्मचारी समायोजन अध्यादेश सच्याउन कर्मचारीको माग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- विभिन्न सातवटा प्राविधिक संस्था सम्मिलित प्राविधिक सञ्जाल नेपालले सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश सच्याउन माग गरेको छ । 

राजधानीमा आयोजित साक्षात्कारमा ती संस्थाका नेताले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश सङ्घीयता विरोधी, कानूनसँग बाँझिएको भन्दै समग्र कर्मचारीको हितमा नरहेको बताए । 
 
केही उच्च प्रशासकको हितमा ल्याउने चेष्टा गरिएको बताउँदै राजपत्र अनङ्कित प्रथमबाट छैठौं तहमा समायोजन हुँदा मात्रै शैक्षिक योग्यता राखिएको प्रावधान हटाउनु पर्ने, तीनवटै तहमा समायोजन भएका कर्मचारी निश्चित मापदण्डका आधारमा तीनै तहमा सरुवा बढुवा हुनुपाउनु पर्नेमा जोड दिए ।  

वरिष्ठ कर्मचारी तल्लो तहका कर्मचारीको मातहमा रहेर काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, श्रेणी विहीनदेखि विशिष्ट श्रेणीका कर्मचारीलाई एकमुष्ठ समायोजन गर्नुपर्ने, प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव ज्येष्ठताका आधारमा खटाइनुपर्ने, सेवाबाट अलग हुँदा पाउने सेवा सुविधा खटिएको श्रेणी वा तहको हुनुपर्ने उनीहरुको माग छ । 

प्राविधिक सञ्जालका संयोजक रामप्रसाद मेहताले कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितविपरीत भएको बताउँदै पहुँच भएका कर्मचारी सङ्घमा रहने तथा पहँुच नभएका कर्मचारी दुर्गम क्षेत्रमा खटिनुपर्ने व्यवस्था गरिएकाले त्यसको खारेज गर्नुपर्ने माग गरे । 

नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्घका अध्यक्ष जनकबहादुर रावलले संसद्बाट ल्याइएको कर्मचारी समायोजन ऐनलाई लत्याउँदै ल्याइएको अध्यादेश प्राविधिक कर्मचारीको हितमा नरहेको बताए । 
डिप्लोमा इञ्जिनीयर्स एशोसिएसनका सहअध्यक्ष कमल अर्यालले अध्यादेशले स्थानीय तथा प्रदेशमा समायोजन भएका इञ्जिनीयरको वृत्ति विकासलाई रोक्न खोजेको बताए । 

कार्यक्रममा नेपाल फोरेष्ट टेक्निेसियन एशोसिएसनका अध्यक्ष गोविन्द पाण्डे, नेपाल कृषि प्राविधिक एशोसिएसनका अध्यक्ष देवराज गौली, जुनियर वन प्राविधिक सङ्घका अध्यक्ष गणेशबहादुर बस्नेतले कर्मचारी समायोजन अध्यादेशमा संशोधन हुनुपर्नेमा जोड दिए । रासस 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।