शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कैलाली भन्सारले लक्ष्यअनुसार उठाउन सकेन राजस्व, नौ महिनामा पाँच अर्बमात्र संकलन

कैलाली भन्सारले लक्ष्यअनुसार उठाउन सकेन राजस्व, नौ महिनामा पाँच अर्बमात्र संकलन

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

अत्तरिया- कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा पाँच अर्ब ७३ करोड ४३ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो।

National life

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ३३ करोड एक लाख, अन्त शुल्कतर्फ १५ करोड छ लाख र अन्यतर्फ एक अर्ब छ करोड ५१ लाख रूपैयाँ राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।

कार्यालयले चालु आवका नौ महिनामा आठ अर्ब ५६ करोड ६४ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशतमात्रै राजस्व संकलन भएको उनले जानकारी दिए। 'पुँजीगत खर्च कम छ, विकास निर्माणका काम बढेका छैनन्, जसले गर्दा आयात घटेको छ', उनले भने, 'बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी छ, यसले राजस्व संकलन प्रभावित भएको छ।'

उनका अनुसार चालु आवको साउनमा ४६ करोड ८२ लाख रूपैयाँ, भदौमा ५१ करोड ९३ लाख, असोजमा ६३ करोड १४ लाख, कात्तिकमा ६१ करोड ४६ लाख र मङ्सिरमा ७३ करोड ३४ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै पुसमा ६८ करोड ९० लाख रूपैयाँ, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख र चैतमा ७२ करोड १३ लाख रूपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य छ। चालु आवका नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ४९ दशमलव ५१ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए।

गत आवमा २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख रूपैयाँ राजस्व संकलन भएको थियो। त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशतमात्रै रहेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Apr 22, 2024| 22:01 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्