शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको कार्यक्रममा देउवाको आक्रोश- मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोक्या छ ?

एमालेको कार्यक्रममा देउवाको आक्रोश- मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोक्या छ ?

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन भन्दै प्रश्न गरेका छन्। नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजना गरेको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले कांग्रेसको विरोध गर्दैमा भण्डारीको हत्यारा पत्ता नलाग्ने बताए।

National life

उनले भने, ‘मदन भण्डारीको विषयमा मेरो राम्रै कुरा गर्ने इच्छा थियो। तर, अहिले बीचमा आएर उहाँहरुले कांग्रेसलाई गाली गर्नुभयो। एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो। मलाई गाली गर्नेहरुले मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन? रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई? कांग्रेसले रोक्या हो? आफू खोज्न नसक्ने अनि कांग्रेसलाई गाली गरेर हिँड्ने?’

उनले भण्डारीको हत्यारो को हो अझै पत्ता लगाउन नसकेकोप्रति असन्तुष्टि जनाए। ‘हुँदाहुँदा उसको ड्राइभर पनि मारियो। त्यो पनि पत्ता लागेको छैन। कांग्रेसको विरोध गर्न सजिलो होला तर, आफ्नो कुरा पनि भन्नुपर्‍यो नि ! दुई पटक राष्ट्रपति बन्नुभयो। सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको? त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन। पत्ता लगाउनुस्,’ सभापति देउवाले थपे।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको थियो। उनीसँगै एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि मृत्यु भएको थियो।

भण्डारीको निधनको दस वर्षपछि अर्थात् २०६० साल साउन ११ गते पौने ४ बजे उनका चालक अमर लामाको पनि कीर्तिपुरमा गोली हानेर हत्या भएको थियो। यसको आरोप माओवादीलाई लाग्दै आएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Apr 22, 2024| 14:40 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्