शुक्रबार, असार ५, २०८३

हिमालयन हाइड्रो एक्स्पो १२ वैशाखदेखि

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ यही १२ वैशाखबाट सुरु हुँदै छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त रूपमा गर्न लागेको एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।

National life

लगानी सम्मेलनको पूर्वसन्ध्यामा १२, १३ र १४ वैशाखमा हुने एक्स्पोको सबै तयारी सकिएको छ। सरकारले आगामी १६ र १७ वैशाखमा गर्न लागेको लगानी सम्मेलनलाई समेत सहयोग हुने गरी ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित एक्स्पो गरिँदै छ।

वैशाख १२ गते बिहान ६:३० बजे विद्युतीय सवारी र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको छ । एक्स्पोमा जलविद्युत् निर्माणसम्बन्धी आवश्यक सामग्री तथा सेवाको जानकारी तथा प्रदर्शनी हुनेछ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको हो। एक्स्पोमा विभिन्न विषयमा अन्तक्र्रिया र उच्चस्तरीय बिजनेस मिटिङहरू पनि आयोजना गरिएको छ। जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पिटिसीलगायतका कम्पनीका प्रतिनिधिसँग बिजनेस मिटिङ हुनेछन्।

एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका सयभन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ।

Shivam cement

 

प्रकाशित: Apr 22, 2024| 14:28 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्