शुक्रबार, असार ५, २०८३

ग्लोबल आइएमई र हब एजुकेसनबीच सम्झौता

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१
National life
Shivam cement

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा सहज रूपमा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेसनलका संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरे। समझदारीअनुसार बैंकले हब इन्टरनेसनलमार्फत सिफारिस भएका विद्यार्थीलाई भारतका विश्वविद्यालयमा उच्च शिक्षा आर्जनका लागि आवश्यक शैक्षिक कर्जा सहज रूपमा प्रवाह गर्नेछ।

हब इन्टरनेसनलद्वारा सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् छिटो, सरल तथा सहज रूपमा यो कर्जा प्रवाह गरिने बताइएको छ।

प्रकाशित: Apr 22, 2024| 11:51 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्