शुक्रबार, असार ५, २०८३

ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१
National life
Shivam cement

ताप्लेजुङ- आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ। मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ। भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ। आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद रु २० हजार नष्ट छ। 
 
ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए।

प्रकाशित: Apr 22, 2024| 11:01 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्