आइतबार, साउन १०, २०८३

गोरेले बेपत्ता बनाएको ३३ किलो सुन भारतमा भेटियो !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । 

गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन्। दुबै इटहरीका भएको गृहको दाबी छ।

दुबैलाई भारतको डाइरेक्ट टोरेस्ट रेभिन्यू इन्टेलिजेन्स ब्युरोले गत डिसेम्बर ७ तारिखमा पक्राउ गरेको हो । ब्युरोले दिल्ली–कोलकाता राजमार्गस्थित दनकुनी प्लाजाबाट मारुती स्वीफ्ड गाडी नियन्त्रण लिएर सुन बरामद गरेको गृहले जनाएको छ।

उक्त सुन चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याएपछि हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन नै हुनसक्ने आशंका गरिएको छ । भारतमा सुन भेटिएपछि साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले अनुसन्धान सुरु गरेको छ । 

कलकत्ता प्रहरीले बरामद गरेको सुन ‘गोरे’ समूहको हो या होइन भन्नेबारे भेरिफाई गर्ने काम भइरहेको स्रोतले जानकारी दिएको छ ।

उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ को नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल सुनको अवैध कारोबार गरेको सुन समितिको दाबी थियो । छानबिन समितिले सो प्रकरणमा ९ प्रहरी अधिकारीसहित ६३ जना भन्दा बढीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । सो मुद्दा अहिलेपनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।