शुक्रबार, असार ५, २०८३

आईपीएलमा पन्जाबमाथि गुजरात हाबी

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ।

National life

पञ्जाबले दिएको १४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो। गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाए।

कप्तान शुभमन गिलले ३५ रन बनाए भने साई सुदर्शनले ३१ रन जोडे। रिद्धिमान शाह र अजमतुल्लाह ओमारजाईले समान १३ रन जोडे। पञ्जाबका लागि हर्शल पटेलले ३, लियम लिभिंगस्टनले २ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १४२ रनमा समेटिएको थियो। पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाउँदा हरप्रित ब्रारले २९ रन जोडे। यस्तै स्याम करनले २० तथा हरप्रित सिंहले १४ रन बनाए।

आइतबार नै भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्ज बैंग्लोरमाथि १ रनको रोमाञ्क जित निकाल्यो।​ जितपछि गुजरात ८ खेलमा ८ अंकसहित छैटौं र पन्जाब ८ खेलमा ४ अंकसहित नवौं स्थानमा छन्।

Shivam cement

आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीचको खेल छ।

प्रकाशित: Apr 22, 2024| 06:44 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्